सर्लाहीकाे ईश्वरपुर नगरपालिका मेयर/उपमेयर दुवैमा कांग्रेस विजयी

 जेठ ६, २०७९ शुक्रबार १४:११:२७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिकाको मेयर उपमेयर दुवै पदमा नेपाली कांग्रेसले जितेकाे छ । नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार मनोजकुमार आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ८ हजार ४८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोजकुमार देवकोटाले ६ हजार ९६० मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी, उपमेयरमा पनि नेपाली कांग्रेसकै रंजितादेवी चौधरी आठ हजार २६८ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उपमेयर चौधरीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकावतीदेवी चौधरीले ६ हजार २५२ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया