हेटाैँडामा एकीकृत समाजवादीकाे अग्रता कायमै, एमाले र राप्रपाबीच ५२३ मतकाे अन्तर

 जेठ ६, २०७९ शुक्रबार १६:२६:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एस (एकीकृत समाजवादी) की उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिइहरनुभएकाे छ । यो समाचार तयार पार्दासम्मको मतगणनामा लामाले २१ हजार नाै सय ९३ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले १९ हजार नाै सय १६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार दीपकबहादुर सिंहले १९ हजार तीन सय ९३ मत प्राप्त गर्नुभएकाे छ । अहिले एमाले र राप्रपाबीच पाँच सय २३ मतकाे अन्तर रहेकाे छ । 

अहिले पनि हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना चलिरहेको छ । विद्यालयकाे आठ वटा कोठामा मतगणना भइरहेको हो ।

अन्तिम अपडेट: चैत २१, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया