गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंकाे संगठन कमजोर : गगन थापा

 जेठ ६, २०७९ शुक्रबार १७:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंमकाे संगठन कमजोर रहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर भएको बताउनुभएको हो । उहाँले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताउनुभयो । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भए पनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उहाँले बताउनुभयो ।

उहाँले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गर्नुभयो । गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिँदा कांग्रेसको जित सहज भएको उहाँको विश्लेषण छ ।

महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताउनुभयो । आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरुका लागि यस्तो परिणाम नआउने पनि उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया