मकवानपुरको बागमती गाउँपालिकामा गठबन्धन विजयी

 जेठ ६, २०७९ शुक्रबार १८:१७:४९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरकाे पूर्वी गाउँपालिका बागमतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित हुनुभएकाे हाे ।

सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिस्पर्धी खेमले ६ हजार १६६ मत पाउनुभयाे ।

यस्तै, उपाध्यक्षमा विजयी हुनुभएका फणिन्द्रले ७ हजार ९३५ मत तथा उपमेयरमा पराजित एमालेकी उम्म्दवार धनमाया स्याङ्तानले ४ हजार ६६९ मत पाउनुभयाे ।

बागमती गाउँपालिकामा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा विजयी हात पारेको थियो । मतगणनाको क्रममा विवाद हुँदा दोहोर्‍याएर एउटा वडाको मतगणना गर्नुपर्दा ढिलो नतिजा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना आएको निर्वाचन अधिकृत हरि उपाध्यायले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया