अमेरिकी उपमन्त्री जिया नेपालमा : ‘सुन्दर देशमा आउँदा उत्साहित छु’

 जेठ ६, २०७९ शुक्रबार १९:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आउनुभएको छ ।

जिया तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली हुँदै नेपाल आउनुभएको हो । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा जियाको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

जियाले नेपालमा मानव अधिकार, नागरिक सुरक्षा अनि प्रजातन्त्रप्रति द्विपक्षीय रुपमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । जियाले आफू सुन्दर देश नेपालमा हुन पाउँदा उत्साही भएकाे भन्दै ट्वीट गर्नुभएकाे छ ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया