इलामको सूर्योदय नगरपालिकाको मेयरमा समाजवादी, उपमेयरमा कांग्रेस विजयी

 जेठ ७, २०७९ शनिबार ६:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रनबहादुर राई विजयी हुनुभएको छ । 

उहाँ १२ हजार ४ सय ३१ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले  १० हजार ५ सय ७९ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी हुनुभएको छ । एमालेकी दुर्गादेवी भट्टराईले भने ९ हजार १ सय २२ प्राप्त गर्नुभएको छ । 

१४ वटा वडा रहेको सूर्योदयमा सात वटा वडाको वडाध्यक्षमा कांग्रेस, पाँच वटा वडामा समाजवादी र दुई वटा वडामा एमालेले जितेको छ । 

नवनिर्वाचित मेयर पदका राई २०७४ सालको चुनावमा पनि मेयर पदकै विजयी हुनुहुन्थ्यो भने उपमेयरकी प्रतिस्पर्धी एमालेकी भट्टराई उपमेयरको पदमा विजयी हुनु भएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया