बुटवल उपमहानगर : मेयरमा गठबन्धनबाट कांग्रेसका पाण्डेय र उपमेयरमा एमालेका अर्याल जित नजिक

 जेठ ७, २०७९ शनिबार १०:३६:२० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवल उपमहानगरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय जित नजिक हुनुहुन्छ ।

३५ सय मत गन्न बाँकी रहँदा पाण्डेय निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम भट्टराई भन्दा झण्डै ७ हजार मतले अगाडि हुनुहुन्छ ।

२०४९ पछि पहिलो पल्ट नेपाली कांग्रेसले बुटवलमा जित निश्चित गरेको हो । उपमेयरमा एमालेकी सावित्रा अर्याल पनि जित नजिक हुनुहुन्छ । झण्डै १० हजार ३ मत खसेको बुटवल–११ को अब ३५ सय मत मात्रै गन्न बाँकी छ ।

कांग्रेसका पाण्डेयले २५ हजार ६ सय १२ र एमालेका भट्टराईले १८ हजार ६ सय ५९ मत प्राप्त गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया