इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, प...
बैशाख १२, २०८१ बुधबार
कालीकोट – पालिका चुनाव २०७९ अन्तर्गत कालीकोटका नौ वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
कालीकोटका एक वटा नगरपालिकामा मेयर र एक वटा नगरपालिकामा उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ ।
त्यस्तै चार वटा गाउँपालिकामा अध्यक्ष र तीन वटा गाउँपालिकामा उपाध्यक्ष पनि माओवादी केन्द्रले जितेको छ ।
नेपाली कांग्रेसले एक नगरपालिकामा मेयर, एक गाउँपालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एक नगरपालिका मेयर र एक गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
१) पलाँता गाउँपालिका
क) विष्णु बहादुर रोकाया अध्यक्ष (माओवादी केन्द्र)
ख) अलैपुरा जैसी उपाध्यक्ष (माओवादी केन्द्र)
२) पचालझरना गाउँपालिका
क) देवराज शाही अध्यक्ष (माओवादी केन्द्र)
ख) अल्कीना बम उपाध्यक्ष (माओवादी केन्द्र)
३) रास्कोट नगरपालिका
क) धर्मराज शाही प्रमुख (माओवादी केन्द्र)
ख) मनिराज बराल उपप्रमुख (एकीकृत समाजवादी)
४) सान्नीत्रिवेणी गाउँपालिका
क) मोहन बहादुर केसी अध्यक्ष (स्वतन्त्र)
ख) पार्वती सिंह उपाध्यक्ष (नेकपा एमाले)
५) नरहरिनाथ गाउँपालिका
क) नगेन्द्र विष्ट अध्यक्ष (नेपाली कांग्रेस
ख) कमल शाह उपाध्यक्ष (माओवादी केन्द्र)
६) शुभकालिका गाउँपालिका
क) गोविन्द्र प्रसाद आचार्य अध्यक्ष (माओवादी केन्द्र)
ख) धर्मकला शाही उपाध्यक्ष (नेपाली कांग्रेस
७) महाबै गाउँपालिका
क) खेमबहादुर सिंह अध्यक्ष (माओवादी केन्द्र)
ख) दानसिंह सेजुवाल उपाध्यक्ष (नेकपा एमाले)
८) तिलागुफा नगरपालिका
क) शंकर उपाध्याय प्रमुख (नेपाली कांग्रेस
ख) महेन्द्र बहादुर शाही उपप्रमुख (नेकपा एमाले)
९ खाँडाचक्र नगरपालिका
क) कमल बहादुर शाही प्रमुख (स्वतन्त्र)
ख) गणेश बहादुर शाही उपप्रमुख (माओवादी केन्द्र)
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।