मकवानपुरको कुलेखानीमा गाडी दुर्घटना हुुँदा चार जनाको ज्यान गयाे

 जेठ ७, २०७९ शनिबार २०:२१:५४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक सिमखोला पुलमा गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये हेटौँडा अस्पतालमा पुर्याइएका तीन जना र एक जनाको काठमाण्डौमा रहेकाे ट्रमा सेन्टरमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएकाे छ । वीरगञ्जबाट काठमाण्डौका लागि छुटेकाे ना ४ च २३१५ नम्बरको गाडी दुर्घटनामा परेकाे हाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया