इटहरीको मेयरमा गठबन्धनबाट कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी विजयी

 जेठ ८, २०७९ आइतबार ६:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इटहरीको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी हुनुभएको छ । उपमेयरमा भने नेकपा (एमाले) की उम्मेदवार सङ्गीता कुमारी चौधरी विजयी हुनुभएको छ ।

मेयरमा एमालेका उम्मेदवार यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५ हजार १८ मतान्तरले पराजित गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएका जानकारी अनुसार कांग्रेसका उम्मेदवार पौडेल ३१ हजार ४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुब्बाले २८ हजार ३१ मत पाउनुभयो ।

उपमेयरमा विजयी हुनुभएकी एमालेकी चौधरीले ३२ हजार ४ सय ३६ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का केशव कुमार विष्टले १८ हजार ३१ मत ल्याउनु भयाे । इटहरीमा ७३ हजार ८ सय २३ मत खसेको थियो ।

२० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा कांग्रेसले तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

२०७४ को चुनावमा १२ वडा जितेर उपमहानगरमा बहुमत बनाएको कांग्रेसले यो पटक भने ५ वटा मात्रै वडा जितेको छ । एमालेले भने यो पटक उपमेयर र वडामा बहुमत जित हासिल गरेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया