खो–खोको विश्वकपमा रजत पदक ल्याउने बर्दियाको ठाकुरबाबा नगरपालिकाका खेलाडीलाई सम्मान

 माघ १७, २०८१ बिहीबार ६:५१:५३ | भावुक योगी
unn.prixa.net

बर्दिया – खो–खोको विश्वकपमा रजत पदक ल्याउन सफल उपविजेता भएका आफ्ना पालिका भित्रका १२ जना खेलाडीहरुलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाले तीन लाख १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको विश्वकप खो–खो खेलमा नेपालको प्रतिनिधित्व गर्दै उपविजेता भएका आफ्ना पालिका भित्रका सात महिला र पाँच पुरुष गरी १२ जना खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले सम्मानस्वरुप जनही झण्डै २५ हजारका दरले ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

यस्तै खेलाडीहरुसँगै खो–खो खेलका प्रमुख व्यवस्थापक शिक्षा शाखा अधिकृत छत्र बहादुर शाहीलाई पनि नगद पुस्कारसहित सम्मान गरिएको छ ।

यही जनवरी १३ तारिख अर्थात (पुस २९) देखि १९ तारिख (माघ ६ गते) सम्म सञ्चालन भएको प्रथम विश्वकप खो–खो खेलकुद प्रतियोगितामा नेपाल उपविजेता भएको थियो । 
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया