कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपा परिसरमा गरेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी (एसएमई) सम्मेलनमा स्थानीय उत्पादनका सामग्री राखिएका छन् ।
हिजोदेखि शुरू भएको सम्मेलन आज सकिने जनाइएको छ । सम्मेलनमा सहभागी व्यवसायीहरुले व्यवसायका लागि नेपालमा पर्याप्त सम्भावना रहेको र नेपालकै पुँजीले पनि निकै धेरै गर्न सकिने बताएका छन् । नेपालमा सम्भावना नभएको भन्ने भाष्य फेर्न जरुरी रहेको उनीहरुको भनाइ छ ।
विदेशी लगानी (एफडीआई)ले मात्रै विकास सम्भव छ भन्ने नभएको र स्वदेशी पुँजीले पनि जलविद्युत प्रसारणलाइनदेखि उत्पादनशिल क्षेत्रलगायत विकासमा निकै धेरै गर्न सकिने व्यवसायीले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा अवसर रहेको, उद्यम गर्न सहज रहेको र छोटो समयमै राम्रो उपलब्धि प्राप्त गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले सम्मेलन आयोजना गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।