धनगढी उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

 जेठ ८, २०७९ आइतबार ११:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउनु भएको हो ।

उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो ।  

एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याउनुभयो । २०७४ सालको पालिका चुनावमा हमाल कांग्रेसका वडसँग पराजित हुनुभएको थियो ।

यस्तै, उपमेयरमा भने एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी शान्ति अधिकारीलाई  २ हजार ८ सय मतान्तरले पराजित गर्नुभएको हो ।  

रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत मात्रै प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६ सय ९ मत पाउनुभयो ।

१९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादीले २ वटा वडा जितेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया