प्रतिनिधिसभाकाे बैठक शुरु
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीकाे ३९ लाख १७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।