बालेन्द्र साह सिर्जना सिंहभन्दा १८ हजार ९ सय २३ मतले अगाडि

 जेठ ९, २०७९ सोमबार २०:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले झन्डै १८ हजार मतले अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ९ सय २३ मतले अगाडि हुनुहुन्छ । बालेन्द्र साहले अहिलेसम्म ४७ हजार चार सय २९ मत ल्याउँदा सिंहले २८ हजार पाँच सय ६ मत ल्याउनुभएको छ ।

राष्ट्रिय सभा गृहमा मतगणना चलिरहँदा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २७ हजार ६ सय ४२ मत पाउनुभएको छ ।

महानगरकाे उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायमै राख्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया