कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथले १० हजार रन पूरा गरेका छन् । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा १ रन जोड्दै स्मिथले यो उपलब्धि हासिल गरेका हुन् ।
स्मिथ टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने विश्वको १५औं तथा अस्ट्रेलियाका चौथो ब्याटर बनेका छन् । टेस्ट क्रिकेटमा यसअघि भारतका सचिन तेन्दुलकर, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस, भारतका राहुल द्रभिड, इङ्गल्यान्डका जोए रुट, इङ्गल्यान्डका एलेस्टर कुक, श्रीलङ्काका कुमार साङ्गाकारा, वेस्ट इन्डिजका ब्रायन लारा, वेस्ट इन्डिजकै शिभनरायन चन्दरपल, श्रीलङ्काका माहिला जयवद्र्धेने, अस्ट्रेलियाका अलान बोर्डर, अस्ट्रेलियाकै स्टिभ वाग, भारतका सुनिल गाभस्कर र पाकिस्तानका युनिस खानले १० हजार रन पूरा गरेका थिए ।
यस्तै स्टिभ स्मिथ टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनेका छन् । ३५ वर्षीय स्मिथले २ सय ५ पारीमा यो उपलब्धि हासिल गरेका हुन् । स्मिथले सन् २०१० मा पाकिस्तानसँगको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।