विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टाेली गठन गरिने

 जेठ ९, २०७९ सोमबार २०:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । आज सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने झन्डै ३३ अर्ब रुपैयाँ ऋण साहयता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको बताउनुभएको हो । 

उहाँले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात् झन्डै ८६ करोड १३ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको भएको पनि बताउनुभयो । 

प्रवक्ता कार्कीका अनुसार सरकारले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्यान्डकाे बैंककमा आयोजना हुने यूएन स्क्यापको ७८ औँ सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरको छ । त्यस्तै नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृती दिने निर्णय गरेको छ । 

प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरेको बताउनुभयो । उहाँका अनुसार सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

त्यस्तै सरकारले २०७९ जेठ १८ मा नर्वे र जेठ १९ फिनल्यान्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ । 

प्रवक्ता कार्कीले स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने र नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औँ तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

सरकारका प्रवक्ता कार्कीले सरकारले कञ्चनपुरकाे वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नाप/जाँच सम्बन्धी गठन आदेश २०७८ स्वीकृत गरेको छ । त्यस्तै सरकारले वन नियमावली २०७९ स्वीकृत गरेको छ भने सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया