पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु सुनिश्चित

 जेठ १०, २०७९ मंगलबार ७:४०:४५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजय हुने सुनिश्चित भएकाे छ । गन्न बाँकी मतभन्दा अग्रता लिएको मत धेरै भएपछि आचार्यकाे जित सुनिश्चित भएको हो । 

गएकाे वैशाख ३० गते भएको पालिका तहको चुनावमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमा आज बिहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।

५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि हुनुहुन्छ भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको छ ।

अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयर पदमा एमालेकी मञ्जुदेवि गुरुङ ५८ हजार ५ सय ८२ मत ल्याएर विजय नजिक पुग्नुभएकाे छ । उहाँ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै विजय नजिक पुग्नुभएकाे हाे ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया