सुनिता डङ्गोललाई ५२ हजारभन्दा धेरै मत, झन्डै ३५ हजार मतको अग्रता

 जेठ १०, २०७९ मंगलबार ८:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ।

पछिल्लो मत परिणाम अनुसार उहाँले ५२ हजार ८ सय ९ मत पाउनु भएको छ।

एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले अहिलेसम्म १७ हजार ८ सय ८४ मत पाउनु भएको छ ।

यो मत डङ्गोलको भन्दा ३४ हजार ९ सय २५ ले कम हो।

यस्तै, राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार २ सय ६१ मत प्राप्त गर्नु भएको छ। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया