एमाले प्रतिनिधि गणनास्थलमा बस्न नमानेपछि पोखराको मतगणना राेकियाे

 जेठ १०, २०७९ मंगलबार १३:३१:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । एमालेका प्रतिनिधि मतगणना स्थलमा नगएपछि मतगणना रोकिएको हो । पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना रोकिएको छ ।

पोखरा-१८ मा खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ । त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणनास्थल छोडेपछि मतगणना रोकिएको हो ।

पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत नाै कम थियो । त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग तीन मतले पराजित हुनुभएकाे थियाे । 

वडा नम्बर १८ मा चार हजार तीन सय ४८ खसेकोमा चार हजार तीन सय ३९ मतगणना भएको थियो ।

मतपरिणामअनुसार एमालेका थापाले एक हजार ६ सय ४० र कांग्रेसका तिमिल्सिनाले एक हजार ६ सय ४३ मत ल्याउनुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया