अर्घाखाँचीमा ४ केजी गाँजासहित एक जना पक्राउ

 जेठ १०, २०७९ मंगलबार १४:५५:२९ | प्रेमनारायण आचार्य
unn.prixa.net

सांकेतिक तस्विर

अर्घाखाँची – अर्घाखाँचीको पाणिनि गाउँपालिकामा चार केजी गाँजासहित एक जना पक्राउ परेका छन् । 

पाणिनि ४ देउरालीबाट बुटबल लैजाँदै गरेको चार केजी गाँजासहित गुल्मी मदाने गाउँपालिका १ अग्लुंगका २९ वर्षीय सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । 

पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया