अहिले मतदातालाई धन्यवाद भनाैँ, घाेषणापत्र अनुसार काम गर्न सकेकाे दिन विजय जुलुस मनाउँला : बालेन्द्र

 जेठ ११, २०७९ बुधबार १२:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन'ले आफ्नाे जित पक्का भएसँगै विजय जुलुस नगर्न सबैलाई आग्रह गर्नुभएकाे छ ।

बालेनले १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी हुँदा उहाँले २० हजार मतकाे अग्रता बनाइसक्नुभएकाे छ । याेसँगै बालेनकाे जित हुने सुनिश्चित भएकाे छ । जित निश्चित भएसँगै बालेनले आफ्नाे चुनावी प्रक्रियामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आ-आफ्नाे ठाउँबाट सबैले धन्यवाद र्‍याली निकाल्ने तर विजय जुलुस नगर्न आग्रह गर्नुभएकाे हाे । यस्तै उहाँले आफूले चुनावी घाेषणापत्रमा उल्लेख भएका काम पूरा गर्न सकेकाे दिन मात्र विजय जुलुस निकाल्न आफ्ना समर्थकलाई आग्रह गर्नुभएकाे छ ।

बालेन्द्रले आफ्नाे फेसबुक पेजमा लेख्नुभएकाे छ, 'जित-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।'

काठमाण्डाै महानगरमा अहिलेसम्म एक लाख ७१ हजार ८०२ मत गणना हुँदा बालेनले ५५ हजार ७४५ मत प्राप्त गर्नुभएकाे छ । बालेनले आफ्ना निकट प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना  सिंहलाई २० हजार ३७६ काे फराकिलाे मतान्तरले पछि पार्नुभएकाे छ । सिंहले ३५ हजार ३७१ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Govindapoudel

    May 25, 2022, 12:50 p.m.

    Good thinking

  •  0 Reply

तपाईको प्रतिक्रिया