भारतले अक्टोबरसम्म चिनी निर्यातमा रोक लगायो, नेपालमा असर पर्ने

 जेठ ११, २०७९ बुधबार १४:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतले चिनी निर्यातमा रोक लगाएको छ । आन्तरिक बजारमा चिनीको भाउ बढेकोले यसलाई रोक्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ तारिखसम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

विदेशमा चिनी निर्यातमा रोक लगाएपछि देशभित्रको भाउ नियन्त्रण हुने सरकारको अपेक्षा छ । विदेश व्यापार निर्देशनालयले विज्ञप्ति निकालेर देशभित्रको समस्यालाई मध्यनजर गरेर निर्यातमा रोक लगाइएको जनाएको छ । तर चिनी तथा खाद्य वितरण महानिर्देशनालयको विशेष अनुमति लिएर भने चिनीको निर्यात अनुमति दिन सकिने समाचारमा उल्लेख छ । 

अमेरिका र बेलायतमा भने चिनी निर्यातमा बन्देज लगाइएको छैन । नेपालमा वार्षिक साढे तीन लाख मेट्रिक टन चिनीको माग हुँदै आएकोमा अधिकतम एक लाख ५० हजार मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको छ । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि समस्या हुने देखिएको छ । पछिल्ला केही वर्षयता नेपालमा औसतमा वार्षिक आठ अर्ब रुपैयाँको चिनी आयात हुँदै आएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मुक्ति नेपाली

    May 25, 2022, 2:47 p.m.

    यो नेपालीहरूको लागि सुवर्ण अवसर हुन सक्छ । विगतदेखि नै चिनी उद्योगीहरू किसानलाई चुसेर फ्याकेको छोक्रा जस्तो बनाउन पल्केका हुन, घोषित या अघोषित रुपमा राजनीतिक दल र तिनका आसेपासेहरूको भरथेग पाएकै हुन अब किसान सरकार र उद्योगी मिलेर न्यूनतम् मुल्यको ग्यारेन्टी सहित चिनी उत्पादनको लागि उद्योगहरू पूर्ण क्षमतामा चलाउने हो भने दलाली गरेर अरुको भर पर्न पर्ला जस्तो लाग्दैन । त्यसैले भारतले चिनी दिएन भनेर कालो बजारी गर्ने र रुनेतिर नलागी उत्पादन तिर लागौ‍ँ यो सुवर्ण अवसर हुन सक्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया