मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका ल...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै अमेरिकी उपमन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको आराेप लगाउनुभएकाे छ ।
आज बुधवार पार्टीकाे संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उपमन्त्री (अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी) ले त्यस्ताे गर्नु बेठिक भएकाे बताउनुभयाे । उपमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरूलाई खण्डित गर्ने व्यवहार भएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘अमेरिकी उपमन्त्रीको नेपाल भ्रमणमा हाम्रा परराष्ट्र नीतिका स्थापित मूल्यहरूलाई खण्डित गर्ने प्रकारका व्यवहार भयो । नेपाल असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध छ । हामी जहिले पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ । उपमन्त्री तिब्बती शरणार्थीहरूको क्याम्पमा पुगेर त्यहाँ उक्साउने काम गरियो र नेपाली भूमिलाई प्रयोग गर्ने काम गरियो । त्यो वास्तवमा बेठिक थियो भन्ने कुरा पनि अध्यक्ष ओलीले बताउनुभयाे ।’
ओलीले सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थित, तर्कयुक्त र वस्तुसम्मत तरिकाले चिरफार गर्दै संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशनसमेत दिनुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।