मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको सिस्नेमा दुर्घटना, ३ जनाको ज्यान गयो

 जेठ ११, २०७९ बुधबार २१:५८:३० | मनिराज पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कालीकोट - मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको आठबिस नगरपालिका २ सिस्नेमा दुर्घटनामा हुँदा तीन जनाको ज्यान गएको छ ।

म १ ख ६६० नम्बरको बस आठबिसको सिस्ने भन्ने ठाउँको सडकबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएकामध्ये ३८ जनालाई सुर्खेत रेफर गरिएको र नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा पठाएको दैलेखका प्रजिअ हरि प्याकुरेलले जानकारी दिनुभयो । 

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया