स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सन्धिखर्कले २ हजार रुपैयाँ दिने

 जेठ १२, २०७९ बिहिबार १०:४८:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सुरक्षित स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई पोषण स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै बर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषण स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।

उहाँले पाणिनि बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार ४० जना छात्र–छात्रा लाई निःशुल्क रुपमा अध्ययन गर्ने प्रबन्ध मिलाउने पनि प्रतिबद्धता जनाउनुभएकाे छ । यस्तै नगरवासीको न्युनतम विद्युत् महसुल भुक्तानी गरिदिने र नगरपालिका भित्र सञ्चालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल भुक्तानी गरिदिने  बताउनुभएकाे छ ।

समृद्ध सन्धिखर्क निर्माणको मूल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर वैदेशिक पलायन रोक्ने पनि उहाँकाे भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया