काठमाण्डौ महानगरका नवनिर्वाचित मेयर साहकाे धन्यवाद र्याली सुरु

 जेठ १३, २०७९ शुक्रबार ९:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले धन्यवाद र्याली आयोजना गर्नुभएको छ ।

राष्ट्रिय सभागृह प्रदर्शनी मार्गबाट सुरु भएको धन्यवाद र्यालीले भद्रकाली, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै चक्रपथ परिक्रमा गर्नेछ । यस्तै, चक्रपथ परिक्रमा पछि कलङ्कीबाट कालीमाटी, टेकु, सुन्धार हुँदै र्याली खुलामञ्च पुगेर सभामा परिणत हुनेछ । र्यालीका कारण यी ठाउँमा गाडीको चाप बढ्ने भएको छ ।

निर्वाचन आयोगले मेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि धन्यवाद र्याली सुरु भएको हो । साहले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै आफ्नो ५ वर्षे कार्यकालमा काठमाण्डौलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

गएको ३० गते भएको चुनावमा बालेन्द्र साह ६१ हजार ७ सय ६६ मतसहित विजयी हुनु भएको हो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया