घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरू अभिलेखबाट हटाउन 'रुलिङ' गर्नुभएको छ ।
प्रतिनिधि सभाको आज शुक्रवार बसेको पहिलो बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा टिप्पणी गर्दा असंसदीय शब्द बोलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको थियो ।
दोस्रो बैठकको क्रममा सभामुख सापकोटाले एमालेको मागअनुसार मन्त्री बडूले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन 'रुलिङ' गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनी प्रमुख विपक्षी दलका सदस्यहरूले नियमापत्ति जनाउनुभएको हुँदा मन्त्रीले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’
सभामुखको 'रुलिङ' पछि संसद् बैठक सुरु भएको छ । सांसदहरूले सरकारले प्रस्तुत गरेको आ.व. २०७९/८० को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।