साढे ३ अर्ब खर्च भइसकेपछि निजगढ विमानस्थल बनाउन राेक लगाउनु दुःखद : माधव नेपाल

 जेठ १३, २०७९ शुक्रबार १७:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताउनुभएको छ । 

आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताउनुभएको हो । उहाँले लामो समयको अध्ययनपछि निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वाेच्चद्वारा निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाउनू भनेर निर्णय भएछ । धेरै लामो समयसम्म छलफल गरेपछि, सन् १९९५ देखि प्रक्रिया अगाडि बढेर, १० वटा ठाउँकाे अध्ययन गरेर सबैभन्दा उपयुक्त ठाउँ निजगढ हो भन्ने कुरा आइसकेपछि अहिले फेरि राेक्न आदेश आएकाे छ । 'मास्टरप्लान' तयार भइसकेको स्थितिमा, झन्डै साढे तीन अर्ब रुपैयाँ नागरिक उड्ययन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गा अधिग्रहण गरिसकेको अवस्थामा राेक लगाउँदा बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । सबैको साझा देश हो । देशको विकासमा लाग्नुपर्ने हो । तर त्यस्तो नगरेर रोक्न खोजेको कुरा बडो दुःखको कुरा म ठान्दछु । त्यो विमानस्थलको विकल्प के ?’

अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताउनुभयो । सरकार र राजनीतिक दलहरूले पनि यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उहाँकाे भनाइ छ । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उहाँले उल्लेख गर्नुभयो । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वन विनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उहाँकाे भनाइ छ ।

अध्यक्ष नेपालले सरकारले विकासकाे काम गर्दा परियोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । योजनालाई प्राथमिकीकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया