काठमाण्डौ र धरानका मतदाताले दलहरुलाई प्रश्न खडा गरे : प्रचण्ड

 जेठ १४, २०७९ शनिबार १२:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ र धरानका मतदाताले दलहरुलाई प्रश्न खडा गरेको बताउनुभएको छ ।

संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले काठमाण्डौ र धरानमा स्वतन्त्रबाट चुनाव जितेकाहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र दुई फूल थपिएको बताउनुभयो । उहाँले पालिका चुनावमा दुई जना स्वतन्त्र उम्मेदवारलाई जिताएर काठमाण्डौ र धरानका नागरिकले अरु दलहरुलाई प्रश्न खडा गरेको बताउनुभयो ।

यो दलहरुका लागि झापड र चुनौती भन्दै भएको विश्लेषणमा प्रचण्डले त्यसो नभइ विशिष्ट पक्षको जित रहेको टिप्पणी गर्नुभयो । उहाँले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरका हर्क साम्पाङ राईलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

पालिका चुनावमा नागरिकको उत्साहपूर्ण सहभागिताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सुनिश्चितता प्रदान गरेको समेत बताउनुभयो । संविधान कार्यान्वयन गर्ने दिशामा पालिका चुनाव निक्कै महत्त्वपूर्ण रहेको प्रचण्डको भनाइ छ ।  

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया