शीर्ष वरीयताकी क्यारोलिन वज्नियाकी पान प्यासिफक ओपन टेनिसको प्रि–क्वार्टरफइनबाटै बाहिरिइन्

 असोज ४, २०७५ बिहीबार १८:२६:१३ | एजेन्सी
unn.prixa.net

शीर्ष वरीयताकी क्यारोलिन वज्नियाकी जापानमा जारी पान प्यासिफिक ओपन टेनिसको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएकी छिन् ।

इटालियन खेलाडी क्यामिला जियोर्जीसँग २–१ प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदा डेनमार्ककी वज्नियाकी प्रतियोगिताबाट बाहिरिएकी हुन् । जियोर्जी भने क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन् । पहिलो सेटमा ६–२ को जित निकालेकी जियोर्जी दोस्रो सटमा भने २–६ ले पराजित भइन् । तेस्रो तथा अन्तिम सेटमा ६–४ को जित निकाल्दै जियोर्जी क्वार्टर फाइनलमा पुगिन् ।

जियोर्जीसँगै क्रोएसियाकी डोन्ना भेकिक, बेलारुसी खेलाडी भिक्टोरिया अजरेन्का र बार्बोरा स्ट्रिकोभा पनि क्वार्टर फाइनलमा पुग्न सफल भएका छन् ।

क्रोएसियाली खेलाडी भेकिकले बेलायती नम्बर एक खेलाडी जोहान्ना कोन्टालाई २–० कै सोझो सेटमा पराजित गरिन् । विश्व वरियताको ४३औं स्थानमा रहेकी कोन्टालाई हराउन भेकिकले एक घण्टा २२ मिनेट लगाएकी थिइन् ।

पहिलो सेटमा ६–३ को जित हात पारेकी भेकिकले दोस्रो सेट जित्न भने परिश्रम गर्नु परेको थियो । दोस्रो सेटमा १–४ ले पछि परेकी २२ वर्षिया भेकिकले उत्कृष्ट पुनरागमन गर्दै ७–५ को जित निकालिन् । अब उनले क्वार्टर फाइनलमा दोस्रो वरियताकी फ्रेन्च खेलाडी क्यारोलिन गार्सियाको सामना गर्नेछिन् ।

विश्व वरियताको चौथो स्थानमा रहेकी गार्सियाले रसियाकी अनास्तासिया पाब्ल्युचेन्कोभालाई ६–४, २–६ र ७–५ ले हराएकी थिइन् ।

बेलारुसी खेलाडी भिक्टोरिया अजरेन्काले अश्लेग बार्टीलाई दुई शुन्यकै सोझो सेटमा पराजित गरिन् । सहज जित निकालेकी अजरेन्काले ६–४ र ६–२ को जित निकालिन् ।

आठौं वरीयताकी बार्बोरा स्ट्रिकोभाले इस्टोनियाकी अनेट कोन्टाभेटलाई २–१ को प्रतिष्पर्धात्मक सेटमा हराइन् । पहिलो सेट ७–६ ले जितेकी स्ट्रिकोभाले दोस्रो सेट भने ३–६ ले गुमाइन् । निर्णायक सेटमा ७–५ को जित हात पार्दै स्ट्रिकोभा क्वार्टर फाइनलमा स्थान बनाउन सफल भइन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया