बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन : तारा एअर

 जेठ १५, २०७९ आइतबार ११:१४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

'बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन, उडेको आधा घण्टामा पुगिसक्नु पर्ने हो । तर, विमान सम्पर्कमा आएको छैन’ उहाँले भन्नुभयो । उहाँका अनुसार विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु छन् ।  

विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • shivashankar Mishra, bara

    May 29, 2022, 2:14 p.m.

    यसबाट बाच्न सावधानी अपनाउन सरकारले, प्लेन चढ्नु अधि फिर्ता हुनेगरी हेलमेट र प्यारासुट दिनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया