सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो, च...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - हराइरहेको तारा एअरको विमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘हामीले एउटा हेलिकप्टर पठाइसक्यौँ, नेपाली सेनाको हेलिकप्टर पनि आउँदै छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोसँग भन्नुभयो । उहाँका अनुसार विमान सम्पर्कविहीन अवस्थामा नै छ । केहीले मुस्ताङको लेतेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भने पनि त्यो पुष्टि नभएको उहाँले बताउनुभयो ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिनुभयो ।
विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।