रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डौ - पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजको खोजी गर्न समस्या भएको छ । खराब मौसमका कारण जहाज खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार जहाजले अन्तिम पटक लेतेको डाँडाबाट जोमसोम विमानस्थलको टावरसँग सम्पर्क गरेको थियो । त्यसपछि सम्पर्क नभएकाले जहाज लेते वरपरका डाँडा र विशेषगरी लार्जुङ खोँचमा दुर्घटना भएको शङ्कामा प्रहरीले खोजी थालेको हो ।
‘लेते वरपरको मौसम निकै बिग्रिएको छ, हामीले जहाज दुर्घटना भएको शङ्का गरेका छौँ, त्यही वरपरकै मौसम पूरै धुम्म छ, हेलिकप्टर उडाउन सक्ने अवस्था छैन, त्यसैले समस्या भयो’, तामाङले उज्यालो अनलाइनसँग भन्नुभयो ।
हेलिकप्टर उडाउन समस्या भए पनि मुस्ताङका प्रहरी, व्यवसायी, स्थानीयवासी पैदलै हिँडेर भए पनि खोजीको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जहाजमा चालक दलसहित २२ जना यात्रु रहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hridaya nath bhattarai
May 29, 2022, 2:22 p.m.हार्दिक सर्दान्जली उहाँ हरु पर्ति