तस्करसँग पैसा लिँदै गर्दाको फोटो खिच्दा पत्रकारमाथि प्रहरीले गरे हातपात

 जेठ २२, २०७५ मंगलबार १०:१९:३५ | धनवीर महतो

महोत्तरी – तस्करसँग पैसा लिईरहेको प्रहरीको फोटो खिच्दा एक पत्रकारमाथि प्रहरीले हातपात गरेको छ । फोटो किन खिचेको भन्दै प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले नेपाल टेलिभिजनका महोत्तरी सम्बाददाता राजिव राय कुर्मीमाथि सोमबार बेलुकी हातपात गरेका हुन् । 

जिल्लाको सम्सी गाउँपालिकाको बजार क्षेत्रमै बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको बेला फोटो खिचेका पत्रकार कुर्मीलाई तत्कालै त्यहाँ आइपुगेका इलाका प्रहरी कार्यालय सम्सीका हवल्दार बस्नेतले धकेल्नुका साथै कठालो समातेर मोबाइल खोस्ने र फोटो डिलिट गर्न प्रयास गरेको पत्रकार कुर्मीले बताउनुभयो ।
 
कुर्मीले आफू पत्रकार भएको बताएपछि बस्नेतले कठालो छोडेका थिए ।

महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाबारे सत्यतथ्य पता लगाउने काम भइरहेको र घटनामा संलग्न प्रहरीलाई जलेश्वर बोलाएको जानकारी दिनुभयो । दोषी पाइए प्रहरीमाथि कारबाही हुने पनि उहाँले बताउनुभयो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पनि तत्काल घटनाबारे बुझ्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया