एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी प्रक्रिया पुर्याएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
आज साेमवार समितिको सभा हल सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण रोक्नुपर्ने कुनै कारण नभएकाले कानुनी प्रक्रिया पुर्याएर निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अहिलेसम्म भएका सबै निर्णय खारेज गर्दै विमानस्थल नबनाउन आदेश दिएको छ । तर आजको समितिको बैठकले नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना रोक्नुपर्ने कुनै कारण नदेखिने जनाएको छ ।
यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्बाैँ रुपैयाँ खर्च भइसकेकाले बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई थप समस्यामा पार्न नदिन पनि विमानस्थल निर्माण गर्नुपर्ने समितिले जनाएको छ । राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिकोणबाट अत्यावश्यक रहेको निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यावहारिक कार्य गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।