बजेट चुनावमा भाेट माग्ने किसिमले आएकाे एमालेकाे निष्कर्ष

 जेठ १६, २०७९ सोमबार २०:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्ष २०७९/८० काे बजेट चुनावमा भाेट माग्ने किसिमले आएकाे बताएकाे छ । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा बसेकाे पार्टी संसदीय दलकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे ।   

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, देशकाे अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष निकालेको हाे । बैठकमा अध्यक्ष केपी शर्मा ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो । 

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राख्नुभएको थियो । 

यस्तै बैठकमा अध्यक्ष ओलीले सरकारले अनुचित ढङ्गले आउँदाे आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘अध्यक्षले बजेट अनुचित ढङ्गले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढङ्गले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।’ 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया