रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजदेखि अन्तिम सुनुवाइ शुरु हुँदैछ । सर्वोच्च अदालतमा आज (मंगलवार)देखि आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो ।
गएकाे वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो । त्यही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलवारलाई तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि विवाद चुलिएको थियो ।
एआईजी पोखरेलले आफूभन्दा कनिष्ठलाई सरकारले प्रहरी ऐन र नियमावली विपरीत आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।