सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो, च...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा ज्यान गएको छ । माझीको गएराति भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।
श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उहाँको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गएको बिहीबार घाइते भएकी उहाँको भरतपुर अस्पतालमा हिजो शल्यक्रिया गरिएको थियो । तर, राति ११ बजे मुटुको धड्कन बन्द भएर उहाँको ज्यान गएको डाक्टरलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उहाँका श्रीमान ४० वर्षका रामचन्द्र माझीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।