कृषि क्षेत्रमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम हाे : वर्षमान पुन

 जेठ १७, २०७९ मंगलबार १५:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आउँदाे आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी कदम भएको बताउनुभएको छ । 

आज मङ्गलवारको प्रतिनिधि सभा बैठकमा आ. व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिकाे छलफलमा भाग लिँदै सांसद पुनले आउँदाे बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा समातेकाे बताउनुभयो । उहाँले कृषि क्षेत्रमा ३२ प्रतिशतले बजेट वृद्धि हुनु क्रान्तिकारी कदम भएको बताउनुभयो । 

सांसद पुनले कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्षैभरि काम गर्ने तर खान पनि नपुग्ने अवस्थालाई अन्त्य गर्नका लागि कृषि क्षेत्रको आधुनिकीकरणको कार्यक्रम आएको छ । कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने कुरा आएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायिकरण गर्ने कुरा बजेटले गरेको छ । कृषिमा ३२ प्रतिशतले बजेट वृद्धि आफैँमा एउटा क्रान्तिकारी कदम नै हो ।’

उहाँले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायीकरण गर्दै त्यसको नेतृत्व गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहलाई दिने कुरा नयाँ विषय भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया