सुन्दर हरिजन मृत्यु प्रकरण : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

 जेठ १७, २०७९ मंगलबार १७:३८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजन प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप–निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

हातहतियार मुद्दामा पाँच वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा एक वर्षका लागि जेल सजाय ताेकिएका हरिजनलाई रोल्पा कारागारमा राखिएकोमा उनको गएको ४ गते मृत्यु भएको थियो । कारागार प्रशासनले हरिजनले आत्महत्या गरेको दाबी गरे पनि प्रारम्भिक अनुसन्धानले उनले आत्महत्या नगरेको देखाएको छ ।

यसअघि आजै प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रकी सांसद अन्जना विशंखेले हरिजन प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको थियो ।  उहाँले यस घटनाबाट नेपालको सिङ्गो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पूरै शासन संरचनामाथि प्रश्न चिह्न खडा भएको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया