वृद्धभत्ता ‍हाम्राे ब्राण्ड हाे, जति वर्षमा दिए पनि स्याबासी एमालेले नै पाउँछ : सुरेन्द्र पाण्डे

 जेठ १८, २०७९ बुधबार १३:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद सुरेन्द्र प्रसाद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाे बताउनु भएकाे छ । 

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिए पनि केही फरक नपर्ने बताउनु भएकाे हाे । सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने बताउनुभयो । साथै उहाँले वृद्धभत्ता ५ हजार रुपैयाँ पुुर्याएको भए पनि राम्रो हुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वृद्धभत्ता जतिसुकै कुरा गरे पनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् ।’

उहाँले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्नुभयो । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उहाँले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ । चुनावपछि यी सबै कसले हात समातेका छन् । कसले खुट्टा समातेका छन् । ती सबै त्यहाँबाट छुट्टिएर जाने छन् । कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु ।’

उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । 

कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताउनुभएको छ । साथै पाण्डेले महँगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुनु ठिकै भए पनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलब वृद्धि हुनु न्यायोचित नभएको बताउनुभएको हो ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mr. Anurag

    June 1, 2022, 2:45 p.m.

    यति नै भन्न त जानेको छ नि ....नयाँ कार्यक्रम केही ल्याएको होइन / धन्न मनमोहनले यो कार्यक्रम ल्याए र अहिलेसम्म गीत गाउन पाएका छन् , नभए त उखान टुक्का भनेर नै बस्थे /

  •  0 Reply

तपाईको प्रतिक्रिया