याे बजेट मानिसहरूलाई भुल्याउने 'ललिपप' जस्ताे छ : अध्यक्ष लिङ्देन

 जेठ १८, २०७९ बुधबार १४:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट चुनाव केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ । 

अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भूल्याउने गरी सरकारले बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनुभयो । आज बुधवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, देशकाे आर्थिक सङ्कट समाधान गर्ने कुनै प्रयास नगरेको दाबी गर्नुभयो । 

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘बजेटको कुरा गर्दा हामीले मात्रै वितरणमुखी बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो ? भनेर टार्ने र जवाफ दिने खालको कुरा आउँछ । याे बजेट मूल्यवृद्धि, आर्थिक सङ्कट रोक्नेतर्फ उन्मुख छैन । यो बजेट केवल चुनाव लक्षित छ । यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरू के हुन् ? कहीँ पनि स्पष्ट छैन । एकै घण्टामा चितवन पुग्ने भन्ने बजेटमा छ तर त्यसका आधार के हुन्, स्रोत के हुन् ? यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रूपमा मानिसहरूलाई भुल्याउने गरी मात्रै ल्याइएको छ । हेटौँडा कपडा उद्योगबाट उत्पादित लुगा सबैले लगाउनुपर्ने कुरा पनि बजेटमा छ । आम मान्छेले सुन्दा कति राम्रो कुरा ल्यायो यो सरकारले भन्छ । उद्योग कहिले चल्ने हो, कहिले उत्पादन गर्ने हो ? उद्योग चलाउने संयन्त्र के हो ? थाहा छैन ।’

अध्यक्ष लिङ्देनले सरकारले ल्याएको बजेट स्रोतको यकिन नगरि अनुमानको भरमा आएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया