प्रचण्ड ओलीसँग मिल्ने हाे कि भन्ने डरले देउवा चुनाव छिटाे गराउन चाहनुहुन्छ : गजुरेल

 जेठ १८, २०७९ बुधबार १६:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आउँदाे कात्तिक मसान्तभित्र सङ्घ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको बताउनुभएको छ । 

अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सङ्घ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने हो कि भन्ने डरले पनि प्रधानमन्त्री देउवा त्याे चुनाव छिटो सम्पन्न गराउने पक्षमा रहेको तर्क गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा अर्को चुनाव चाँडै गर्ने पक्षमा हुनुहुन्छ, कात्तिक मसान्तसम्म चुनाव गरिसक्ने उहाँकाे याेजना छ ।किनभने गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गइहाले भने चुनाव जितिँदैन भन्ने डरले देउवा चुनाव ढिला गर्नु नहुने पक्षमा हुनुहुन्छ । ’

पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधवार काठमाण्डाैकाे माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा बोल्दै उहाँले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आउँदाे आर्थिक वर्षको बजेट ल्याएको दाबीसमेत गर्नुभयो । अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गरेको जिकिरसमेत गर्नुभयो । सरकारले चुनाव जिताउनका लागि १५ प्रतिशत तलब वृद्धि गरेर कर्मचारीहरूलाई ‘घुस’ दिएको उहाँको जिकिर थियो । 

अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरूसँग कमिसन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको सञ्चालनमा जोड दिने गरी बजेट ल्याएको आरोपसमेत लगाउनुभयो । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया