पल शाहलाई थुनामै राख्न आदेश

 जेठ १९, २०७९ बिहिबार २०:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । 

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।    

नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएकाे मङ्गलवार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया