निजगढबारे सर्वाेच्चकाे फैसलाकाे पक्षमा काठमाण्डाैमा प्रदर्शन

 जेठ २१, २०७९ शनिबार १४:४९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाण्डाैमा प्रदर्शन गरिएको छ । प्रभावित क्षेत्र टांगियावासीले आज शनिवार काठमाण्डाैकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रदर्शन गर्दै सर्वोच्चकाे फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन ।

विनाविकल्प निजगढ विमानस्थलको धावनमार्ग टांगिया बस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै ऐक्यबद्धता जनाउन प्रदर्शन सुरु गरेकाे टांगियाका नवराज सञ्जेलले बताउनुभयो । उहाँले तत्काल त्याे विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपुर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

५० वर्षदेखि आफूहरू त्यहाँ बसोवास गर्दै आएकाे तर विस्थापित गराउने षड्यन्त्र सरकारबाट भइरहेको भन्दै उनीहरूले आपत्ति जनाउँदै आएका छन् । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया