झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले सडक तथा अन्य पूर्वाधारको सानातिनो मर्मतको लागि शीघ्र प्रतिउत्तर टोली अर्थात् 'र्यापिड रेस्पोन्स टिम' गठन गरेको छ ।
वर्षा तथा अन्य कारणबाट हुन सक्ने सम्भाव्य जोखिम, भूक्षय लगायतलाई कम गर्न, जोखिम भएको ठाउँमा तत्काल आवश्यक सहयोग पुर्याउन र सडक तथा अन्य पूर्वाधारको तत्कालै सानोतिनो मर्मत गर्न नगरपालिकाले र्यापिड रेस्पोन्स टिम गठन गरेको हो ।
आफ्नो वडा, टोल बस्तीमा कुनै प्रकारको जोखिमको सम्भावना देखिएमा, भएमा वा तत्कालै मर्मत गर्नुपर्ने भएमा वडा कार्यालय, नगर वा विपद् व्यवस्थापन समिति वा र्यापिड रेस्पोन्स टिमलाई खबर गर्न नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले इन्जिनियर कुमार विक्रम पराजुलीको टेलिफोन नम्बर ९८६०१८३०३८ सहित अन्य जिम्मेवार व्यक्तिलाई फोन गर्न आग्रह गर्दै नम्बर पनि सार्वजनिक गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।