एकीकृत समाजवादीद्वारा नयाँ मन्त्रीमा ४ जना सिफारिस

 जेठ २२, २०७९ आइतबार १८:११:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बाेलाएर नयाँ नाम सिफारिस गरेकाे छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो । 

एकीकृत समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रूपमा सिफारिस गरेको छ । 

यसअघि यी मन्त्रालयमा क्रमशः प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ, भवानीप्रसाद खापुुङ हुनुहुन्थ्यो ।  

पार्टीले यसअघि नै पार्टीको तर्फबाट मन्त्री भएकाहरूलाई ६ महिनापछि फिर्ता गर्ने निर्णय गरिसकेको र ६ महिनाभन्दा लामो समय उनीहरू मन्त्री भइसकेकाले फिर्ता बोलाउन लागिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया