घनश्याम भुसाललाई कारबाही सिफारिसबारे कमिटीमा छलफल गरेर निर्णय लिन्छाैँ : पाेखरेल

 जेठ २४, २०७९ मंगलबार १४:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताउनुभएको छ । 

सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेन्डा भएको बताउनुभयो । उहाँले याे विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपछि निर्णय लिइने बताउनुभएको हो । 

पाेखरेलले भन्नुभयो – ‘कुनै पनि कुराबारे कमिटीमा छलफल हुन्छ । छलफलपछि कमिटीले निर्णय गर्छ । अहिले बाहिर आइरहेका समाचार हेर्दा/पढ्दा मलाई पनि अचम्म लागेको छ । केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोली विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेन्डा  हो । सार्वजनिक उपभाेगकाे विषय होइन नि यो । त्यसबारेमा कमिटीमा छलफल गराैँला नि ’

एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारबाहीका लागि सिफारिस गरेसँगै अहिले याे विषय चर्चामा छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया