अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो पर्‍याे : खिमलाल भट्टराई

 जेठ २५, २०७९ बुधबार १८:४३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको बताउनुभएकाे छ । आज बुधवार राष्ट्रिय सभामा बोल्दै उहाँले सदनमा उभिएर गरेका वाचा हप्ता दिनभित्रै बिर्सिन थालेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले देशमा उत्पादन घट्ने अनुमान गरिरहेका बेला सरकारले झनै मलखाद र बिउको पूर्ति गर्न नसकेर किसानलाई चिन्तित तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ति भर्खर यही टेबुलमा उभिएर अर्थमन्त्रीज्यूले भन्नुभयो– यो पटक मलका लागि पैसा पर्याप्त छुट्याइएको छ, किसानलाई कुनै चिन्ता छैन, मल आउँदैछ । देशको अर्थमन्त्री बोलेपछि पत्याउनु पर्‍याे कि परेन ? यो देशमा अर्थमन्त्री, प्रधानमन्त्रीलाई पत्याउन नसकिने स्थिति भयो । तर आज पनि समस्या जस्ताको त्यस्तै छ । आज मलको हाहाकार छ, असार लाग्न थालिसक्यो । यो किसानका लागि पीडाको विषय हो । प्रधानमन्त्रीज्यूले यसबारेमा के सौच्दै हुनुहुन्छ ? किसानलाई चाहिने कुरा भनेको मल हो । बिउ हो । यसतर्फ सरकारको ध्यान गएको छैन । आधिकारिक ठाउँबाट मल नपाएर किसानले बोरामा अलिकति मलखाद, बिउ ल्याउँदा सताइएको छ । गृह मन्त्रीजी के गर्दै हुनुहुन्छ ।’ 

राष्ट्रिय सभा सदस्य भट्टराईले कृषि मन्त्रीले मलखाद किसानलाई समयमै उपलब्ध गराउन नसकेको बारेमा सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया